बेनी नगरपालिका र डिभिजन वन कार्यालय सम्मानित

  म्याग्दी न्युज संवाददाता

बेनी। म्याग्दीका दुई कार्यालय सम्मानित भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीको नवौँ जिल्ला सभाको अवसरमा विहिवार बेनी नगरपालिका र डिभिजन वन कार्यालय सम्मानित भएका हुन् । कार्य सम्पादनको आधारमा जिल्लामा उत्कृष्ट भएकोमा नगरपालिका र वन कार्यालयलाई प्रसंसापत्रद्धारा सम्मान गरिएको हो ।

याे पनि…

वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सुरु (तस्बिर/भिडिओ)

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कनमा आर्थिक बर्ष २०७९/०८० मा बेनी नगरपालिका कार्य सम्पादन सुचकहरुको आधारमा ६९ दशमलब २७ अंक प्राप्त गरी जिल्लामा उत्कृष्ट बन्न सफल भएको र गत आर्थिक बर्षमा नै गण्डकी प्रदेश सरकारको नमुना कार्यालय छनौट कार्यविधि अनुसार डिभिजन वन कार्यालय म्याग्दी उत्कृष्ट कार्यालय बन्न सफल भएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योती लामिछाने र प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल र डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीलाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा, प्रदेशसभा सदस्य रेशम जुग्जाली र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले प्रसंसा पत्र प्रदान गरि सम्मान गर्नुभएको थियो ।गोष्ठिमा जिल्लामा रहेका स्थानीय तह, संघीय र प्रदेश सरकार मातहतका कार्यालयको बार्षिक समिक्षा समेत गरिने भएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार