पत्रकार विश्वकर्मा सम्मानित

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीमा क्रियाशिल पत्रकार दलप्रसाद विश्वकर्मा (अमित)सम्मानित हुनुभएको छ । बिहिबार ५९ औं अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा विश्वकर्मा सम्मानित हुनुभएको हो । म्याग्दी जिल्लाको दलित आन्दोलन तथा सामाजिक परिवर्तनका लागि पत्रकारिता क्षेत्रबाट पु¥याउनुभएको योगदानको उच्च मुल्याङ्कन गर्दै पत्रकार विश्वकर्मालाई सम्मान गरिएको संयुक्त राजनीतिक संघर्ष समिति म्याग्दीले जनाएको छ ।

विश्वकर्मा लामो समयदेखि पत्रकारीता सँगै कलाकारीतामा समेत सक्रिय हुनुहुन्छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कोषाध्यक्ष विश्वकर्मा जनसन्देश डटकम  र म्याग्दी प्रेसका प्रकाशक हुनुहुन्छ । भने म्याग्दी मिडिया सोसाइटीका सचिव पनि हुनुहुन्छ ।त्यसैगरी उक्त कार्यक्रममा दलित अधिकारकर्मी लालु किसान, छवि विश्वकर्मा सहित कलाकार हरुलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दमयन्ति रुचाल र संयुक्त राजनीतिक संघर्ष समिति म्याग्दीका अध्यक्ष पदम किसानले सम्मान पत्र द्वारा सम्मान गर्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार