गणेश मन्दिर जिर्णोद्धार(तस्बिर/भिडिओ)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिका–८,पिपलचोक स्थित भगवान गणेश मन्दिर जिर्णोद्धार गरिएको छ । वडा कार्यालयबाट गत आर्थिक वर्षमा तीन लाख र चालु आर्थिक वर्षमा दुई लाख पचास हजार रुपैयाँ विनियोजित बजेटबाट मन्दिरको जिर्णोद्धार सम्पन्न गरिएको हो ।

उपभोक्ता समिति मार्फत मन्दिर जिर्णोद्धार गरिएको वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । मन्दिरमा वडा कार्यालयको बजेटबाट खरिद गरिएको गणेश भगवानको मुर्तिमा शनिबार प्राणप्रतिष्ठा गरिएको छ । उक्त मन्दिर यसअघि पिपलचोक निवासी कृष्णलाल श्रेष्ठका बुबा शुकलाल श्रेष्ठले आफ्नै दुई आना जग्गामा बनाउनुभएको मन्दिर जिर्ण भएपछि परिवारसँगको सल्लाहमा वडा कार्यालयले पुननिर्माण गरिएको हो ।

भिडिओ हेर्नुहोस्…

वडा अध्यक्ष कर्माचार्य ,शुकलालका छोरा कृष्णलाल,वडा सदस्य यामबहादुर बानियाँ लगायतले धार्मिक विधिअनुसार पुजाआजा गर्नुभयो । वडा सदस्य बानियाँका अनुसार , मन्दिर परिसरमा गेट निर्माण र १५ मिटर उचाईकाे रिटेलिङ वाल निर्माण गरिएको छ । मन्दिर निर्णोद्धार भएपछि पुजाआजा गर्न सहज भएको वडा सदस्य बानियाँको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार