वडा सदस्य फगामी परिवारद्वारा बाल जागृति आधारभुत विद्यालयका विद्यार्थीलाई खाद्यान्न सामग्री सहयोग

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ७ मंगलाघाटका रमेश फगामी र गुनमाया फगामीको परिवारले वगुवाखोला स्थित बाल जागृति आधारभूत विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ ।

१३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर फगामीका छोरा वुहारी हाल अष्ट्रेलियामा रहनुभएका वर्षात र दुर्गा फगामीको सहयोगमा २५ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि फगामी परिवारले दाल, चामल, नुन, तेल, कपी, कलम लगायतका खाद्यान्न तथा शैक्षिक सामग्री विद्यालयका प्रधानाध्यापक धन बहादुर क्षेत्रीलाई प्रदान गर्नुभएको हो ।


सहयोग रकम हस्तान्तरण गर्दै बेनी नगरपालिका वडा नम्वर ७ का वडा सदस्य समेत रहनुभएका फगामीले वौद्दिक रुपमा अपांगता भएका विद्यार्थीहरुलाई अध्ययन सहित खानपानको समेत व्यवस्थापन गर्दै आएको विद्यालयलाई सहज होस भनेर खाद्यान्न सहयोग उपलब्ध गराईएको बताउनुभयो । साथै उहाँले छोरा वुहारीको ईच्छा अनुसार यस्तै सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

सहयोग ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक क्षेत्रीले फगामी परिवारको यो सहयोगले विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई राहत मिल्ने बताउनुभयो । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बेल बहादुर कटुवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विज्ञान केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन दुर्गा वुढाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार