गायक उदय लाेहनीको ‘मेरो मन’ म्युजिक भिडिओ सार्वजनिक

  म्याग्दी न्युज संवाददाता

बारा । बारा जिल्ला जितपुर सिमरा–३ ,मा जन्मिएका उदय लोहनी नेपाली सांगेतीक जगतमा उदाउँदो तारा हुन्। विभिन्न हिन्दी तथा नेपाली संगीतहरूमा कभर सङ गरेर सांगीतिक यात्रा सुरुवात गरेका गायकको आफ्नै युट्युब च्यानल रहेको छ। हालै गायक लोहनीको नयाँ गीत ‘मेरो मन’ सार्वजनिक भएको छ। म्युजिक भिडिओ गायक लोहनीको अफिसियल युट्युव च्यानल उदय लाेहनी अफिसियलबाट सार्वजनिक गरिएको हो। उक्त गीतले  चर्चा बटुल्न सफल भएकाे छ । गीत राम्रो भएकोले सांगीतिक क्षेत्रमा उनलाई स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

उनको पहिलो सांगीतिक कोसेलीले दर्शक,श्रोता र संगीतप्रेमीको अत्यधिक मन जित्ने गायक लोहनीको दावी छ। उक्त गीतमा बाल्यकालदेखिको मायालाई मिठो रुपमा संगीतमार्फत दर्शाएका छन्। प्रेमको गहिराइमा डुबेर लेखेको उक्त गीतको शब्द गायक लोहनीको आफैले लेखेका हुन्।गायक लोहनीको स्वर गितको म्युजिक कन्सेप गायक उदय लोहनीले नै गरेका छन् ।

गीतको प्रोडक्सन UPL PRODUCTIONले गरेको हो। गायक लोहनीको निर्देशन रहेको म्युजिक भिडिओमा उदय, सम्राट, साक्षी, गौरव र विनीताको अभिनय देख्न सकिमन्छ ।प्रोड्युसरमा उत्तम लोहनी रहेको उक्त भिडिओमा क्रेटिभ प्रोड्युसर भने अर्जुन ढुङ्गाना रहेको छन्। उक्त गीतको लोहनीले आफ्नै गाउँशहरमा छायांकन गरेका छन् । गीतमा बाल्यकालको मायापिरती र जन्मभुमिप्रतिको यादगार दर्शाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार