घरमा महिला मृत फेला, श्रीमान र दुई छोरा पक्राउ

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला सिमडाँडाकी ४३ बर्षिया विष्णु छन्त्यालको मृत्यु रहस्यमयी भएपछि उहाँका श्रीमान सहित छोराहरु पक्राउ परेका छन् । घरमै मृत अवस्थामा फेला परेकी विष्णु छन्त्यालको हत्या गरेकोे आरोपमा श्रीमान ६० वर्षिय बलबहादुर छन्त्याल,२८ बर्षिय छोरा मोती बहादुर छन्त्याल र २३ बर्षिय भविन्द्र बहादुर छन्त्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत जेठ १८ गते राती सुतीरहेकै अवस्थामा मृत्यु भएको भन्दै २०८१ जेठ १९ गते मृतकका माइती पक्षले श्रीमान र उहाँका छोराहरुले हत्या गरेको भन्दै पहरीमा उजुरी दिएका थिए । श्रीमान र दुई छोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।

‘घटनाको अनु्सन्धान भइरहेको छ, रायमाझीले भने ,घटनास्थलमा पुगेर प्रारम्भीक अनुसन्धानको क्रममा २०८१ जेठ १९ गते साँझ नियन्त्रणमा लिएर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ। मृतकको शव पोष्ट मार्टमका लागी बेनी अस्पतालमा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार