फालिएका प्लास्टिकबाट घरायसी सजावटका सामग्री बनाउन सिकाउदै मंगला गाउँपालिका(भिडिओ)

बेनी । म्याग्दीको मंगला गाउँपालिकामा तीन दिने फोहोरमैला व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । गाउँपालिको आयोजनामा बुधबार सम्पन्न तालिममा गाउँपालिका भित्रका करिब ६० जना महिला ,विद्यार्थी र शिक्षकहरु लगायत सहभागी थिए । राष्ट्रिय सरसफाई सप्ताह – २०८१ अवसरमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा सघाउ पु¥याउने उद्धेश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । तालिममा सहभागीहरुले पानीका बोटल ,चाउचाउ,बिस्कुटलगायतका विभिन्न सामग्रीका प्लास्टिकबाट मुढा,फुलदानी ,फुल ,डोरी ,माला ,गमला लगायत घरायसी सजावटका सामग्री बनाउन सिकाइएको छ ।

तालिमले घर तथा टोलबाट फालिएका प्लास्टिकजन्य फोहोर व्यवस्थापन र वातावरण संरक्षणमा टेवा पुग्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलको भनाइ छ । तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गर्नुभएको थियो । बुधबार तालिमकाे समापन गर्नुहुँदै अध्यक्ष राेकाले तालिमले प्लास्टिकजन्य फाेहाेर व्यवस्थापनमा सहयाेग पुर्याउनेमा विश्वास व्यक्त गर्नुभयाे ।कुहिने र नकुहिने घरायसी फोहोर व्यवस्थापन कार्यक्रमलाई गाउँपालिकाले प्रभावकारी रुपमा सञ्चालन गर्ने उहाँको भनाइ छ ।बाबियाचौर स्थित मगर संघको सभाहलमा सञ्चालित तालिममा प्रशिक्षक सुरेन्द्रप्रकाश पोखरेलले प्रशिक्षण दिनुभएको थियो । तालिममा घरायसी नकुहिने प्लास्टिकजन्य फोहोर व्यवस्थापन सम्बन्धी सिपहरु सिकेको तालिममा सहभागी सुशिला पुनले बताउनुभयो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार