बैसरीमा पहिरोले भ्यानमा क्षति

  म्याग्दी न्युज संवाददाता

बेनी । बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत रघुगंंगा गाउँपालिका–२,बैसरीमा पहिरोले इको भ्यानमा क्षती पुगेको छ । मुस्ताङबाट तीन जना यात्रु लिएर फर्किदै गरेको बा ०२६ च ७०५३ नम्बरको इको भ्यान माथिबाट खसेको लेदोले पुरिएको हो । गएराती मंगलबार साढे ८ बजे भ्यान फसेपछि चालक सहित यात्रुको तत्कालै उद्धार गरिएको जिल्ला प्रहरी निरिक्षक राजन रायमाझीले बताउनुभयो ।

‘तत्कालै उद्धार गरिएकाले मानवीय क्षती भएन, उक्त स्थान बर्खाको समयमा निकै जोखिम छ’ सूचना अधिकारी रायमाझीले भन्नुृभयो। बुधबार विहान भ्यानलाई निकालेर सडक सुचारु गरिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत करिब आधादर्जन स्थानमा पहिरोले सडक अवरुद्ध गर्ने गरेको छ । बर्खाको समयमा सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार