धवलागिरीको मुनामा बाढीले झोलुङ्गे पुल र दुई कलभर्ट बगायो,विद्युत अवरुद्ध

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३,मुनामा बाढीले तीन वटा पुल बगाएको छ । गयराती परेको अबिरल बर्षाको कारण गाउँपालिकाको केन्द्र समेत रहेको मुना स्थित बाङ्गखोलामा आएको बाढीले एक झोलुङ्गे पुल र दुई वटा कलभर्ट पुल बगाएको वडा अध्यक्ष देबिन्द्र रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार, बाढीले पचास किलोवाट क्षमताको दरखोला लघुजलविद्युत आयोजनाको ८ वटा पेनस्टक पुल बगाएको छ । भने आयोजनाको ट्याङ्की समेत बगाउँदा विद्युत उत्पादन बन्द भएको छ ।

राती लेकाली क्षेत्रमा परेको बर्षाले खोला थुनिएर बाढी आउँदा तीन वटा पुल बगाएपछि मुनादेखि लुलाङ जान स्थानीबासी जोखिम मोलेर वारपार गर्न बाध्य भएका छन् । त्यसैगरी स्थानीय रेशम भण्डारी र धनबहादुर पाण्डेको घरमा मुनाकै घट्टेखोलामा आएको बाढीले बगाएको लेदो पसेको छ । मध्यरातमा परेको अविरल बर्षाले पु¥याएको क्षतिको विवरण संकलन भइरहेको वडा अध्यक्ष रोकाको भनाइ छ । दाहसंस्कार गर्न घाट नजिकै बनाइएको टहरा समेत बगाइदिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार