म्याग्दीमा बस दुर्घटना हुँदा चार जना घाइते , एकको अवस्था गम्भीर

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीमा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । सदरमुकाम बेनीदेखि गलेश्वर जाँदै गरेको ना ५ ख २८९८ नम्बरको यात्रुवाहक बस बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत बेनी नगरपालिका –६,स्थित गलेश्वर नजिकै ठुलोबौरमा सोमबार साँझ ५ ः ३० बजेको समयमा दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घाइते हुनेहरुमा रघुगंगा गाउँपालिका–१, तिप्ल्याङका ३० वर्षीय चालक रमेश खड्का ,सोही वडा बेगखोलाका सहचालक २८ वर्षीय धनकुमार बुढा ,तिप्ल्याङकै २८ वर्षीय रोशन पुर्जा र रघुगंगा गाउँपालिका–३,पिप्लेका २९ वर्षीय भुमिराज राना मगर रहनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । रोशन गम्भीर घाइते हुनुभएको छ भने चालक रमेश र भुमिराजको अवस्था मध्यम रहेको छ । त्यस्तै सहचालक धनकुमारको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको टाउको,हात ,खुट्टा लगायत शरिरका विभिन्न ठाउँमा चोट लागेको छ । घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सडक छेउमा ठोक्किएर बस अचानक सडकमा पल्टिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार