बागलुङमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु , एक जना गम्भीर घाइते

  म्याग्दी न्युज संवाददाता

बागलुङ  ।मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको गलकोट नगरपालिका–२ ,भुङ्खानीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गलकोट तर्फ जाँदै शुत्रबार विहान करिब आठ बजेको समयमा रा १ झ २०० नम्बर को बोलेरो जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।

मृत्यु र घाइते हुने कसैको पनि पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।घाइतेलाई धौलागिरी अस्पताल बागलुङमा पठाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । जिप सडकदेखि करिब ३०० मिटर तल खसेको उहाँको भनाइ छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार