नेपाली ब्राण्ड गोल्ड स्टारको नयाँ शो रुम बेनीमा (भिडिओ)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । लोकप्रिय नेपाली ब्राण्ड गोल्डस्टरको आधिकारिक शो रुम म्याग्दी सदरमुकाम बेनीमा संचालनमा आएको छ । साविक धौलागिरी अञ्चलका चार जिल्लालाई लक्षित गरेर बेनी नगरपालिका–८,शिक्षामार्गमा शो रुम संचालनमा ल्याइएको एनके कलेक्सनका संचालक निर्मल खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार, एनके कलेक्सन अब साविक धौलागिरीमा गोल्डस्टार ब्राण्डको आधिाकारीक विक्रेता बनेको छ ।

भिडिओ हेर्नुहोस्…

नेपालमा उत्पादन भएका गोल्डस्टारका विभिन्न प्रकारका जुत्ताहरु आम उपभोक्ताहरुलाई सहज ढंगले उपलब्ध गराउने उद्धेश्यले साविक धौलागिरी अञ्चलमा नै पहिलो शो रुम म्याग्दीमा स्थापना गरिएको गोल्डस्टारका रिजनरल सेल्स म्यानेजर अचुुत कार्कीले बताउनुभयो । उक्त उद्घाटन उद्घाटन कार्कीले सन् १९७० मा स्थापित गोल्डस्टारले अहिले ३ सय ५० भन्दा बढी प्रकारका उत्पादन रहेको बताउनुभयो । ३ सय ५० रुपैयाँ देखि ५ हजार सय रुपैयाँसम्मको गोल्डस्टार जुत्ता बजारमा पाइने कार्कीले जानकारी दिनुभयो ।वुधबार बिहान सोरुमको उद्घाटन गर्दै कार्कीले भारत, चाईना, भियतनामबाट कच्चा पदार्थ आयात गरी नेपालमा उत्पादन हुने उक्त जुक्त गुणस्तरीय भएका कारण नेपालीहरु पुगेका अधिकाश देशहरुमा यसको बिक्रि हुने गरेको बताउनुभयो ।

तिन दिन सम्म उक्त सोरुममा पुगेर जुत्ता चप्पल किन्ने ग्राहकले १०देखि १५ प्रतिशत सम्म छुट पाउने सोरुम संचालनक खत्रीले जानकारी दिनुभयो । गोल्डस्टारको सबै उत्पादन सस्तो, राम्रो र टिकाउ समेत भएको अस्मीता भण्डारी खत्रीले बताउनुभयो । उहाँका अनुसार एनके कलेक्सनले दशै तिहारको अवसरमा विभिन्न किसीमका प्याकेज सार्वजनिक गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार