विद्यार्थी बिदेसिने समस्या डरलाग्दो छ : सभापति देउवा

  म्याग्दी न्युज संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्ने बताउनुभएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको शिक्षा नीति बहसबारे बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

सभापति देउवाले पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा सम्बन्धीको ऐन ल्याउने विषयले निकै चर्चा पाएको उल्लेख गर्नुभयो । उहाँले यी तीन वटै विधेयकहरू छिटो ल्याउन कांग्रेसले पहल गर्ने बताउनुभयो। उहाँले पछिल्लो<span;>समय कक्षा १२ उत्तीर्ण हुने बित्तिकै विद्यार्थी बिदेसिने समस्या डरलाग्दो रूपमा देखिएको बताउनुभयो। उहाँले मुलुकमा सञ्चालित क्याम्पसहरू विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको बताउनुभयो। नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्यमुलुक बनाउनुपर्नेमा नेपाली विद्यार्थी नै विदेश पलायन हुनु दुःखद् भएको उहाँले बताउनुभयो।

सभापति देउवाले युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्न आवश्यक रहेको बताउनुभयो। यसका लागि विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समयअनुसार परिवर्तन र परिमार्जन गर्न आवश्यक भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मुलुकमा सञ्चालित क्याम्पसहरू विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको कुरा पनि आइरहेको छ । यी र यस्तै समस्याहरूको समाधानको ठोस उपाय खोज्नको लागि यस्ता बहस र कार्यक्रमहरूलाई निरन्तरता दिनु आजको आवश्यकता हो । नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्यमुलुक बनाउनुपर्नेछ ।’

सभापति देउवाले अबको ४०÷५० वर्षको अनुमान गरेर मुलुकले अवलम्बन गर्नुपर्ने शिक्षा नीति निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले शिक्षामा रूपान्तरण, शिक्षामा बजेट वृद्धि गर्न जरुरी रहेको बताउनुभयो।रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार