ट्रिपर दुर्घटनामा दुई भारतीय नागरिकको मृत्यु

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीमा ट्रिपर दुर्घटना हुँदा दुई नागरिकको मृत्यु भएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका–३,पिप्ले स्थित निर्माणाधीन ४० मेगावाट राहुघाट हाइड्रो पावरको अ–डिट ३बाट अ–डिट २ तर्फ जाने क्रममा डिपि २ ए ७५६८ नम्बरको ट्रिपर अ–डिट२ स्थित घुम्ती नजिकै वडा नम्बर ४ स्थित सडकबाट दुर्घटना हुँदा भारतको उत्तर प्रदेश बखरिया घर भएका ३३ वर्षिय (चालक) दशरथ यादव र भारतकै मध्य प्रदेश भेलबारी घर भएका ४० वर्षिय शत्रुधन रजक (सहचालक) को घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार , विहानको राति २ बजेको समयमा दुर्घटना हुँदा ट्रिपर सडकदेखि करिब तीन मिटर तल खसेको थियो । ट्रिपर घटना स्थलमै रहेको छ । थप अनुसन्धान र मुचुल्काको लागि प्रहरी निरक्षक सागर पौडेलको नेतृत्वमा प्रहरीटोली घटनास्थलमा पुगेको छ । मृतक दुवै जना आयोजनामा कार्यरत मजदुर हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार