बेनी । गण्डकी प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबलमा बेनी नगरपालिका र मालिका गाउँपालिका फाइनलमा प्रवेश गरेका छन् ।म्याग्दी सदरमुकाम बेनीबजारको खुलामञ्चमा जारी आठौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औधोगिक, व्यापार मेलाको अवसरमा बिहिबारदेखि आयोजित प्रतियोगिताको पुरुषको फाइनल खेल महोत्सवको अन्तिम दिन माघ ८ गते हुने प्रतियोगिताका संयोजक तारानाथ रेग्मीले बताउनुभयो । प्रतियोगिताको महिलातर्फको खेल आइतबार विहानदेखि हुने छ ।
शनिबार सम्पन्न भएको खेलमा मालिकाले मंगला गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बेनी नगरपालिकाले १ का बिरुद्ध तीन सेट जित्दै अन्नपूर्ण गाउँपालिकालाई पन्छाउँदै फाइनलमा प्रवेश गरेको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।
पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ टिमले नाम दर्ता गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्धितियले क्रमश १ लाख ५१ हजार १ सय, द्धितियले ७५ हजार १ सय नगद र महिलातर्फ प्रथम ७१ हजार १ सय र द्धितियले ४० हजार १ सय नगद प्राप्त गर्नेछन् ।