
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउन स्वतन्त्र विद्यार्थी युनियन सक्रिय भएको छ । म्याग्दी बहुमुखी क्याम्पस स्ववियु नवनिर्वाचित टोली एसईईपरीक्षा सञ्चालन भएका केन्द्रमा पुगेर क्याम्पसमा पढ्न् आउन निमन्त्रण गरेका हुन् ।स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित सभापति संगम चोखाल क्षेत्रीको नेतृत्वमा विद्यार्थी टोली एसईई परीक्षा केन्द्रमा पुगेर परीक्षा हलबाट बाहिर निस्कने विद्यार्थीहरुलाई क्याम्पसमा पढ्न आउन निमन्त्रणा दिएका हुन् ।
क्याम्पसको शैक्षिक क्यालेण्डर सहित परिक्षा केन्द्र पुगेर विद्यार्थीहरुलाई क्यालेन्डर वितरण गर्नुका साथै क्याम्पसको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी गराइएको सभापति संगमले जानकारी दिनुभयो ।आगामी दिनमा थप कार्यक्रमहरु संचालन गर्ने सभापति चोखाल क्षेत्रीको भनाइ छ । टोलीमा सभापति चोखाल क्षेत्री , सचिव मञ्जुर कटुवाल लगायत स्ववियुका पदाधिकारीहरुको सहभागिता रहेको थियो । स्ववियु टोली उक्त अभियान लिएर सदरमुकाम बेनीमा सञ्चालित परिक्षा केन्द्र ,दरबाङ ,सिंगाा लगायत अधिकांश परिक्षा केन्द्रमा पुगेका थिए ।
स्ववियु टोलीले परीक्षा हल सम्म पुगेर विद्यार्थीहरुलाई क्याम्पसको बारेमा जानकारी गराउने र क्यालेण्डर तथा ब्रोसर वितरण गर्नमा क्याम्पसका प्राध्यापकहरुले पनि सघाएको म्याग्दी बहुमुखी क्याम्पसले जनाएको छ । म्याग्दी क्याम्पसमा व्यवस्थापन, मानविकी तथा शिक्षा संकायमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययन हुँदै आएको छ ।