
बेनी । म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाट आरनटोलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका गरेका छन् । पर्वतको जलजला गाउँपालिका–३,पारीबेनी घर भई मंगलाघाटको आरनटोलमा घर भाडामा बस्दै आउनुभएकी २७ बर्षिया भगवती विकको आफ्नै श्रीमान राजु विकले प्रहार गरेको दाउराले लागेर मृत्यु भएको हो । राजुको घर रघुगंगा गाउँपालिका–६, ठाडाखानी रहेकाे प्रहरीले जनाएकाे छ ।
मंगलबार विहान करिब साढे ६ बजेको समयमा कोठामा श्रीमानले दाउराले टोउकोमा प्रहार गर्दा भगवतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलले जानकारी दिनुभयो । श्रीमतीको हत्या गरी विहानैदेखि फरार भएका राजुलाई बेनी बजार नजिकै रहेको बेनी नगरपालिका २ ज्यामरुककोटको सामुदायिक वनमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरीएको प्रहरी निरिक्षक पौडेलले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरेर श्रीमतीको हत्या गरेको प्रारम्भीक अनुसंधानबाट खुलेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बेनीको शवगृहमा राखिएको छ ।