काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ९ सय १७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ ।
मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर विधिबाट ७ लाख ३१ हजार ८५२ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १३ हजार ४१३ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ६४९ जना रहेका छन् । सकृय संक्रमितको संख्या १८ हजार ४१३ जना रहेको छ । कान्तिपुरबाट साभार