कास्की । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ निवासी ६३ बर्षीया महिलाको यहि भदौ २१ गते विहान ९ः१५ बजे बीरेन्द्र अस्पताल छाउनीमा निधन भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर बिनोन बिन्दु शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमित महिला ब्रेन ट्युमर र मृगौलाको समस्याबाट पीडित भइ अस्पतालमा उपचाररत यहि भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।त्यसैगरी गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २६१२ पुगेको छ ।
चितवनस्थित भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको पिसिआर परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
जसअनुसार संक्रमित हुनेहरुमा नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैंडाकोटका ५ र कावासोतीका एकजना रहेका छन । त्यस्तै कास्कीको पोखरा महानगरपालिकाका ५ जना रहेका छन ।संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भएको छ ।


























