![](https://myagdinews.com/wp-content/uploads/2020/11/swasthey.jpg)
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सिनियर एक्जुकेटिभ डेभलोप्मेन्ट प्रोग्राम (एसइडिपी) तालिममा सहभागी हुन आग्रह गरेको छ । एसइडिपी तालिममा सहभागी हुने अधिकृतहरुले पुस १९ गतेसम्म निवेदन दिन मन्त्रालयले आह्वान गरेको हो ।
४१ औँ एसइडिपी तालिममा भाग लिन राजपत्राकिंत प्रथम श्रेणी सहसचिव र सो सरहका कर्मचारीहरुले सहभागी हुन पाउने छन् । सो तालिम माघ १ गतेदेखि असार ३ सम्म सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई उक्त तालिममा भाग लिनका लागि पत्राचार गरेको हो ।
सामान्य प्रशासन मन्त्रालयले पुस २० गतेभित्र स्वास्थ्य मन्त्रालयलाई तालिममा सहभागी हुने प्रशिक्षार्थी मनोनयन गरी पठाउन समेत पत्राचार गरेको छ । रातोपाटीबाट साभार