कोहलपुरमा वृद्धाको शव फेला

बाँके । बाँकेको कोहलपुर नगरपालिका-११ एकतानगरका एक वृद्धाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले एकतानगरका ८२ वर्षीया साउनी कार्की मृतावस्थामा आज फेला परेको जानकारी दिनुभयो।

उहाँले घरमा सुतिरहेकी कार्कीमाथि धारिलो हतियार प्रहार भएको र हत्यापछि मृतकका साथमा रहेको नगद र सुनको गरगहना लगेको बताउनुभयो। अहिले कोहलपुर क्षेत्रमा प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार