हाम्रो भागमा मन्त्रालय थोरै भए भनेर असन्तुष्टि छैन : विरोध खतिवडा

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले सत्ता गठबन्धनको भागबण्डामा आफ्नो पार्टीको भागमा थोरै मन्त्रालय परे भनेर असन्तुष्टि नभएको बताउनुभएको छ । बिहीबार स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले भागबण्डामा थोरै परेको भनेर आफ्नो पार्टीमा असन्तुष्टि नरहेको बताउनुभएको हो ।

‘सन्तुष्टि, असन्तुष्टि कति भए पुग्छ र रु २५ वटै दिएपनि कुनै पार्टीलाई पुग्दैन । संख्यामा असन्तुष्टि होइन, त्यो त जति भएपनि पुग्दैन’, खतिवडाले मन्त्रालय बढे राम्रो हुन्छ भनेर भन्नु स्वभाविक भएको बताउनुभयो। उहाँले मन्त्रालय थोरै भयो भनेर गठबन्धनमा कुनै झगडा नगरेको पनि दावी गर्नुभयो । बैठकपछि माधव नेपाल सत्ता गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार