
काठमाडौँ । राप्रपाको केन्द्रीय सदस्यमा २३ वर्षीया सुष्मा मिश्र निर्वाचित हुनुभएको छ । उहाँ खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उठ्नुभएको थियो। आज बिहान आएको मतपरिणामअनुसार उहाँले एक हजार दुई सय ८७ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएके हो ।
उहाँ बारा क्षेत्र नम्बर ३ को (क) बाट राप्रपा महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो। उहाँ कानुनको विद्यार्थी हुनुहुन्छ । उहाँ राप्रपाको भातृ विद्यार्थी संगठनमा केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । उहाँ राप्रपाको विद्यार्थी संगठनमा पहिले जिल्ला सचिव पनि भएकी थिइन्।
आफू १६ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय भएर लागेको उहाँले बताउनुभयो । उहाँले पार्टीमा युवा पुस्ता आउनु सकरात्मक पक्ष भएको बताउनुभएको छ। ‘पार्टीमा मलाई जिताउनु हुने सबैलाई धन्यबाद । पार्टीमा युवा पुस्ताको आवश्यकता देखिएको छ,’ उहाँले भन्नुभयो । उहाँले गुटको राजनीति गर्न नहुने पनि बताउनुभयो । ‘गुटभन्दा पनि मेरो जित समग्र राप्रपाकै जित हो,’ उहाँले भन्नुभयो। सेतोपाटीबाट