अब पार्टीमा कुनै गुट उपगुट हुँदैन, पार्टी एकढिक्का बनाउँछुः सभापति पुन

रुपन्देही । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका नवनिर्वाचित सभापति अमरसिंह पुन मगरले पार्टी जीवनमा आन्तरिक प्रतिस्पर्धा स्वाभाविक भएको बताउनुभएको छ । चुनावपछि पार्टीमा कुनै गुट उपगुट नहुने भन्दै उहाँले अब काँग्रेसलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

देउवा पक्षका भरतकुमार शाहलाई पराजित गर्दै सभापतिमा निर्वाचित पौडेल पक्षका पुनले भैरहवा पत्रकारहरुसँग कुरा गर्दै आफूले सबै पक्षलाई मिलाएर लैजाने बताउनुभएको छ । उहाँले आजै दिउँसो प्रतिस्पर्धी शाहलाई भेटेर कुराकानी गरी शुभकामना लिनेसमेत बताउनुभयो।

शनिबार भैरहवाको महेन्द्र सभागृहमा भएको मतदानको आज बिहान सार्वजनिक मत परिणाम अनुसार सभापतिमा विजयी पुनले ८५२ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी शाहले ७६७ मत प्राप्त गर्नुभएको छ । एक उप सभापति बाहेक अन्य सवै पदमा पुनको प्यानल आएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार