भुपु विद्यार्थी पाईजाद्धारा शिख माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सेते तिलिजा पुन/शिख,बिहिबार जेठ ३० गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ५ शिखमा रहेको शिख माविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग प्राप्त भएको छ । शिख उपल्लो सोरा घर भई हाल रोजगारीको शिलशिलामा अमेरीकामा बस्दै आउनुभएकी मेनुका पाईजाले सो सहयोग गर्नुभएको हो ।

विद्यालयकी पुर्व विद्यार्थी समेत रहनुभएकी पाईजाले कक्षा एक देखी कक्षा आठ सम्मका २४ जना गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीलाई कापी,कलम ,पेन्सील शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । पाइजाले बुबा चित्र बहादुर पाइजा मार्फत सो सहयोग हस्तान्त्रण गर्नुभएको हो । प्रती विद्यार्थी ४ सयका दरले नौ हजार ६ सय बराबरको शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ ।

दुर्गम गाउँमा रहेका गरिब ,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको अध्ययनमा सहयोग पु¥याउने उद्धेश्य सहित सो सहयोग गरिएको सहयोगदाता पाइजाले जानकारी दिनुभयो । आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिइने भुपु विद्यार्थी पाईजाले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्रअ केदार बहादुर कार्की सहयोगदाता पाइजालाई धन्यवाद व्यक्त गर्नुभयो । पाईजाको सहयोग संगै विद्यार्थीहरुको शैक्षिक अध्ययनलाई सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार