वडा अध्यक्षद्धारा जन्मदिनमा शैक्षिक सामाग्री सहयोग

बेनी,सोमबार असार २ गते । यहाँका एक वडा अध्यक्षले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । जिल्लाको मालिका गाउँपालिका ६ का अध्यक्ष सन्तनाथ सुवेदी ४० औं बसन्त पार गरेको उपलक्ष्यमा जनप्रिय मावि र सति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो ।

जनप्रिय माविका ४ र सति आधारभुत विद्यालयका २ गरी ६ जना विद्यार्थीलाई ६ हजार रुपैयाँ बराबरको विद्यालयको पोशाक सहयोग गर्नुभएको छ । जन्मदिनमा हुने फजुल खर्चलाई कटाएर अपाङग, गरिब,विपन्न तथा जेशेन्दार विद्यार्थीको अध्ययनमा सघाउने उद्धेश्यले सहयोग गरिएको अध्यक्ष सुवेदीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार