एमसीसीकै कारण गठबन्धन टुट्छ भने टुटोस् : शाह

अछाम । नेकपा (एकीकृत समाजवादी)की नेतृ मदनकुमारी शाह ‘गरिमा’ले एमसिसी पारित नगर्दा सरकार ढल्छ भने ढल्न दिनुपर्ने बताउनुभएको छ ।

‘राष्ट्रियताभन्दा सरकार ठुलो नभएका कारण गठबन्धन तोड्न तयार छौँ । तर, एमसिसी कुनै पनि सर्त वा बहानामा अघि बढ्नै दिँदैनौँ,’ राष्ट्रियसभा सदस्यसमेत रहेकी शाहले भन्नुभयो ।

कार्यकर्ता भेटघाटमा अछाम पुगेकी शाहले एमसीसी कुनै पनि हालतमा अनुमोदन हुन नहुने बताउनुभयो। ‘एमसीसी कुनै पनि सर्त वा बहानामा अघि बढाउने कुरा जनतालाई स्वीकार्य हुँदैन । यो खारेज हुनुपर्छ,’ उहाँको भनाइ छ । उहाँले पाँच दलीय सत्ता गठबन्धन फुटाउने वा जुटाउने कारक एमसीसी बन्न नहुने पनि बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार