एजेन्सी । युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खारकिएभमा भएको रुसी हमलामा २१ जनाको मृत्यु भएको छ भने ११२ घाइते भएका छन् । खारकिएभका मेयरले यसबारे जानकारी दिएका हुन् ।
यद्यपि, खारकिएभ रिजनल स्टेट एड्मिनिस्ट्रेशनका गभर्नरले खारकिएभमा मंगलबार रातभरी भएको भारी बम विस्फोटको बावजुद सबै रुसी आक्रमणहरू विफल भएपछि रोकिएको बताएका छन् ।
गभर्नर ओलेग सिनेगुबोवने भन्नुभयो, ‘रुसी दुश्मनले भारी क्षती व्यहोर्नुपरेको छ ।’रुसी सैनिक शहरको उत्तरपूर्वी र उत्तरी क्षेत्रमा प्रवेश गरेको मान्यता राखिएको छ किनभने खारकिएवमा जेट विमानद्वारा बमबारी गरिएको छ । रातोपाटीबाट