रुस–युक्रेनबीच हरेक दिन वार्ता जारी : प्रतिनिधिमण्डल

एजेन्सी । रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले रूस–युक्रेनबीच प्रत्येक दिन भिडियो ढाँचामा वार्ता चलिरहेको बताउनुभएको छ । सोमबार उहाँले सो कुराको जानकारी दिनुभएको छ ।

हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ। यो ढाँचाले समय र पैसाको बचत गरेको छ’ मेडिन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गर्नुभएको छ । उहाँले राष्ट्रपतिको अपेक्षा र आदेशअनुसार रूसी प्रतिनिधिमण्डलले आफ्नो सबै काम गरिरहेको बताउनुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार