श्रीमानको कुटाइबाट घाइते भएकी श्रीमतीको मृत्यु

झापा । झापाको विर्तामोड नगरपालिका–५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ।बुधवार राति राउतले घरायसी विवाद हुँदा आफ्नै श्रीमती ३९ वर्षीया खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए।

खेमजुङको नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचार सम्भव भएको नभएको प्रहरीले जनाएको छ।अस्पतालमा उपचार हुन नसकेपछि आफन्तले विर्तामोडस्थित माइती घर ल्याएकोमा उनको बिहीबार राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार