रुसी सेनासँग खाना र इन्धनजस्ता आधारभूत वस्तुको कमी : बेलायत

एजेन्सी । युक्रेनमा रुस हमलाको शुक्रबार २३ दिन पुगेको छ ।अब बेलायतको रक्षा मन्त्रालयले आफ्नो गोप्य सूचनाको आधारमा को युक्रेनमा आफ्नो हमला जारी राख्न रुसले निकै संघर्ष गर्नुपरिरहेको आँकलन गरेको छ ।

यो रिपोर्टमा रुसले युक्रेनमा विभिन्न खालको अड्चनको सामना गर्नुपरिरहेको बताइएको छ । साथै सिमित गतिशीलता र एयर सपोर्टको कमीका कारण रुसी सैनिक आफ्ना साथीलाई खाना र इन्धनजस्ता आधारभूत वस्तु प्रदान गर्न सक्षम नभएको देखिएको उक्त रिपोर्टमा बताइएको छ ।

रिपोर्टमा थपिएको छ, ‘युक्रेनका सैनिकको लगातारको जवाफी हमलाका कारण रुसलाई आफ्नो सप्लाई लाइन बचाउनका लागि पनि सैनिकको प्रयोग गर्नुपरिरहेको छ । यसै कारण रुसको हमलाको क्षमतामा कमी आएको छ । ’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार