
सप्तरी । संविधान सभा सदस्य एवं एमाले पार्टीका केन्द्रीय सदस्य रञ्जु ठाकुर जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्नुभएको छ । उहाँलाई बुधबार जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर,माला र गम्छा लगाएर पार्टी प्रवेश गराउनुभएको हो ।
उहाँसँगै राजविराजका उद्योगपति समाजसेवी अरूण प्रधानलगायत नेता तथा कार्यकर्ताहरू एमाले पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा भौतिक पूर्वाधार तथा यतायात मन्त्रीसमेत रहेकी जसपा नेतृ रेणु कुमारी यादवलगायतको उपस्थिति थियो ।