पिएनजीले नेपाललाई दियो २९३ रनको लक्ष्य

काठमाडौं । पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेट जित्न नेपालले २ सय ९३ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाहुना टोली पीएनजीले पूरै ५० ओभर खेलेर ८ विकेट गुमाउँदै २सय ९२ रन बनायो ।

नेपालविरुद्धको एक दिवसीय क्रिकेटमा कुनै पनि टिमले बनाएको यो अहलेसम्मकै उच्च स्कोर हो । पीएनजीमा लागि चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाए । यस्तै कप्तान असद भालाले ६०, नोर्मन भानुअले ४७, टोली उराले ३८ र रिले हेकुरेले ३१ रन बनाए । बलिङतर्फ नेपालका कमल ऐरी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवान सराफले एक एक विकेट लिए ।

घरेलु मैदानमा नेपालले पहिले द्विपक्षिय शृंखला खेल्दा घरेलु मैदानमा सन्दीपले कप्तानमा डेब्यु गरे । यस्तै देव खनालले पनि सिनियर टिममा डेब्यु गरे । सोमपाल कामीले चोथौ ओभरको अन्तिम बलमा पीएनजीका ओपनर हिरी हिरीलाई आउट गरे । हिरीलाई चार वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका विकेटकिपर अनिल शाहले क्याचआउट गरे । पहिलो विकेट चाँडो गुमाएको पीएनजीले त्यसपछि संयमित भएकर ब्याटिङ्ग गर्‍यो कप्तान असद भाला र चार्ल्स अमिनीले संयमित भएर ब्याटिङ गर्दै इनिङ्स अघि बढाए । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार