![](https://myagdinews.com/wp-content/uploads/2021/12/thapa-kamal-2.jpg)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नो चुनाव चिन्ह ‘तीर’ पाएको छ। पार्टीका प्रवक्ता सुरेश आचार्यले मंगलबार विज्ञप्ति जारी गरी चुनाव चिन्ह ‘तीर’ पाएको जनाएका हुन्।राप्रपा नेपालले गाई चिन्ह मागिरहेको थियो।
तर, निर्वाचन आयोगले गाई चिन्ह नदिएपछि तत्कालका लागि ‘तीर’ चिन्ह मागेको थियो । स्थानीय तहको निर्वाचन नजिकिएका बेला आयोगले ‘तीर’ चिन्ह स्वीकार गरेको आचार्यले बताउनुभयो । राप्रपा नेपालका देशभरिका संगठनहरूलाई अर्को व्यवस्था नहुञ्जेलसम्म ‘तीर’ चिन्हलाई प्रचार–प्रसार सामग्रीमा राख्न पार्टीले अपील गरेको छ । सेतोपाटीबाट