![](https://myagdinews.com/wp-content/uploads/2022/03/kpoli3.jpg)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई एकएक किलोको ५ वटा ढकसँग तुलना गर्नुभएको छ । बुधबार भक्तपुरको सूर्यविनायकस्थित सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सत्ता गठबन्धन एकएक किलोका ५ किलो र एमाले एक्लै एक क्विन्टलको ढक बराबर रहेको बताउनुभएको हो ।
‘नेकपा एमाले क्विन्टलको ढक हो । एक्लै एमालेसँग लड्न अव कुनैपनि पार्टीले नसोचे र नचिताए हुन्छ’, ओलीले भन्नुभयो, ‘त्यसकारण उहाँहरुले गठबन्धन गरेर आउनुपर्छ भनेर भनिरहनुभएको छ ।’ ओलीले गठबन्धनका केही पार्टीले गठबन्धन गर्ने भनेपनि गठबन्धन गर्न भने त्यति सजिलो नभएको टिप्पणी गर्नुभयो। एमालेलाई पनि बच्चाहरूसँग लड्न समस्या हुन्छ ।
सक्छन् भने गरुन्, गठबन्धन, तर सजिलो छैन । लोभी पापीहरुको गठबन्धन गर्न कहाँ सजिलो हुन्छ ?’, ओलीको प्रश्न छ । उहाँले सजिलो नभएकै कारण स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न समेत दुई दिनको समय छुट्याएकोमा आपत्ति जनाउनुभयो । ‘त्यही भएर मनोनयन गर्ने समय दुई दिन राखेका हुन् । एक हप्ता गराएपनि के हुन्छ ? मनोनयन नै हुन्छ’, ओलीको भनाइ छ । रातोपाटीबाट