गठबन्धनमा एमाले उपाध्यक्ष नेम्वाङको टिप्पणी

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताउनुभएको छ ।

रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा बिहीबार नेम्वाङले अहिलेको व्यवस्थामा कुनै दलले बहुमत ल्याउन निकै अफ्ठेरो भएकाले गठबन्धन स्वभाविक रहेको बताउनुभयो ।

तर, गठबन्धन गर्दा लोकतन्त्रको मूल्य र मान्यताका आधारमा भएन भने पछि दुःख पाइने उहाँले बताउनुभयो ।‘गठबन्धनका कुराहरु आउछन् । हाम्रो स्पष्ट दृष्टिकोण छ, लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्छ ।

त्यो भएको छ छैन, त्यतातिर म टिप्पणी गर्दिन,’ उहाँले भन्नुभयो,‘पछि सम्बन्धित मित्रहरुले दुःख पाउनुहुन्छ ।’उहाँले प्रतिस्पर्धाका बाबजुत सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार