![](https://myagdinews.com/wp-content/uploads/2021/11/prachanda2.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीप्रति फेरि आकर्षण देखिएको बताउनुभएको छ ।
आफू देशका विभिन्न ठाउँमा जाँदा फेरि माओवादीमै जनताको आकर्षण देखिएको प्रचण्डले बताउनुभयो।आज काठमाडौंमा रिपोर्टस् क्लवको कार्यक्रममा बोल्दै प्रचण्डले देशलाई संकट पर्दा माओवादीले जहिले पनि महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ ।
‘देशलाई अप्ठ्यारो पर्दा बचाउने काम माओवादीले गर्दै आएको छ। शान्ति सम्झौतादेखि एमसिसी पास गर्नेसम्मका काममा माओवादी अग्रसर रह्यो,’ उहाँले भन्नुभयो, ‘माओवादीले संकट मोचनको भूमिका खेल्नुपर्ने तर सबैले स्वीकार गर्न नसक्ने पनि देखिएको छ।’
उहाँले माओवादीप्रति जनताको आकर्षण रहेको पनि बताउनुभयो। ‘माओवादीप्रति फेरि आकर्षण बढेको छ। यसो भनेर अहंकार गरेको छैन,’ उहाँले भन्नुभयो।
उहाँले चुनावमा सत्तारूढ गठबन्धनसँगै तालमेल गरेर जाने बताउनुभयो। ‘कांग्रेसले चुनावी तालमेलबारे के गर्ला भन्ने थियो केन्द्रीय समितिले तालमेल गरेरै जाने निर्णय गर्यो,’ उहाँले भन्नुभयो। सेतोपाटीबाट