![](https://myagdinews.com/wp-content/uploads/2022/02/losapa.jpg)
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टीलाई नागरिकता विधेयक अगाडि बढाउनेलगायत तीन विषयमा प्रतिवद्धता जनाएका छन् ।
भारत भ्रमणमा जानु अघि महन्थ ठाकुर नेतृत्वको लोसपाका शीर्ष नेतालाई वालुवाटारमा भेटघाट गरी तराई–मधेस आन्दोलनमा पक्राउ परेर जेल जीवन बिताइरहेका नेताहरुको मुद्दा फिर्तालगायतका विषयमा प्रतिवद्धता जनाएका हुन् ।
‘प्रधानमन्त्रीज्यूले लोसपाका नेताहरुसँग तीनवटा प्रतिवद्धता जनाउनुभएको छ,’ लोसपा कार्यकारिणी सदस्य केशव झाले भन्नुभयो, ‘पहिलो बजेट अधिवेशनमा नागरिकता विधेयक पेस गर्ने, दोस्रो मुद्दा फिर्ताका बारेमा जानकारी लिन महान्यायधिवक्तालाई निर्देशन दिनुभएको छ ।’
स्थानीय तहमा चुनावी गठबन्धनका बारेमा भारत भ्रमणवाट फर्केपछि पाँच दलीय गठबन्धनमा छलफल गरेर आवश्यक निर्णय लिने तेस्रो प्रतिबद्धता जनाएको झाले जानकारी दिनुभयो । उहाँका अनुसार भारत भ्रमणबाट फर्केलगत्तै पुनः प्रधानमन्त्री र लोसपाका शीर्ष नेताहरु बसेर निष्कर्षमा पुग्नेछन् । नागरिक खबरबाट