मनाङमा मतपत्र र परिचयपत्र हेलिकोप्टरबाट ढुवानी

लमजुङ । हिमाली जिल्ला मनाङमा नेपाली सेनाको हेलिकोप्टरमार्फत् मतपत्र र परिचयपत्र ढुवानी गरिएको छ ।सेनाको हेलिकोप्टरमार्फत् ९ हजार मतपत्र, मतदाता परिचयपत्रलगयात सामग्री बिहीबार नेपाली सेनाको हेलिकोप्टरले सदरमुकाम चामेमा रहेको सेनाको इन्द्रदल गुल्ममा मतपत्रसहितको निर्वाचन सामग्री ल्याइएको हो ।

प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आयोगले हेलिकोप्टरमार्फत् मतपत्र, मतदाता परिचयपत्रलगायत सबैखाले निर्वाचन सामग्री पठाएको बताउनुभयो ।मतपत्रलाई सुरक्षितसाथ राखिएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताउनुभयो ।

उहाँका अनुसार निर्वाचनका लागि चाहिने सामग्रीलाई जिल्ला निर्वाचन कार्यालयमा राखिएको छ भने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिम्मामा राखिएको खनालले बताउनुभयो । मनाङमा कुल ६ हजार ४९६ मतदाता छन् । जसमा ३ हजार ३४८ महिला र ३ हजार १४८ पुरुष छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार