एजेन्सी । तीन जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान गरेको छ । स्टेसन निर्माण कार्य आधुनिक चरणहरूमा प्रवेश गरिरहेका बेला चीनले अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलतर्फ पठाएको हो । अन्तरिक्ष यात्रीहरूले ६ महिनासम्म स्टेसनमा काम गर्नेछन् ।
सेन्झोउ– १४ अन्तरिक्ष यान बोकेको लङ मार्च–२ एफ रकेट उत्तरपश्चिमी प्रान्त गान्सुको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १०ः४४ बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् । मिसन कमाण्डर चेन दोङसँगै लिउ याङ र काइ जुझे सेन्झाउ–१४ मा सवार छन् । रातोपाटीबाट