बेनी । दशौं अन्तर माविस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि प्रथम भएको छ । शैक्षिक उपलब्धि बढाउन र विद्यार्थीहरूले सिकेको किताबी ज्ञानलाई दिगो बनाउने उदेश्यले प्रकाश माविको आयोजना, र यूवा युवा रेडक्रस सोसाइटीको ब्यवस्थापनमा सम्पन्न भएको थियो ।
प्रतियोगितामा द्धितिय न्यु वेष्ट पोइन्ट आवासीय मावि, तृतिय बेनी सामुदायिक मावि र सान्त्वना मुक्तिधाम मावि राखु भएको यूरेश प्रकाश माविका सभापति अर्जुन विश्वर्काले बताउनुभयो । कक्षा १० सम्मका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमश नगद ८ हजार, ६ हजार, ४ हजार २ हजार नगद, रनिङ ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाका उप सभापति काशीराम रेग्मीले विद्यार्थीको शैक्षिक क्षमता विकासका लागि ज्ञानमुकल प्रतियोगिताको आवश्यकता रहेको बताउनुभयो ।उहाँले हाजिरीजवाफ लगायत बौद्धिक क्रियाकलापले शैक्षिक गुणस्तरमा समेत सघाउने र विद्यार्थीको पढाईप्रतिको रुची समेत बढाउन महत्वपूर्ण भूमिका निभाउने बताउनुभयो ।
कार्यक्रको अध्यक्षता यूरेसका कावा अध्यक्ष अर्जुन विश्वकर्मा, स्वागत विद्यालयका प्रअ लेखबहादुर हमाल, सञ्चालन सहायक प्रअ विनय श्रेष्ठ र कार्यक्रम संयोजक शिक्षक कविराज थापा रहनुभएको थियो । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।