मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको तेस्रो अधिवेशन हुँदै(भिडिओ )

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । मंगोल नेशनल अर्गजनाईजेशन म्याग्दीको तेस्रो अधिवेशन बैशाख ९ गते हुने भएको छ । बुधबार बेनीमा पत्रकार सम्मेलनमा तेस्रो अधिवेशन आयोजक सभा संयोजक डिके पुनले आगमी ९ गते हुने अधिवेशको तयारीलाई तिब्रता दिइएको बताउनुभयो ।

संयोजक पुनले अधिवशेनको तयारी, ब्यवस्थापन, प्रचारप्रसार र आर्थिक संकलन, प्रतिनिधि छनोटको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । बेनीमा अधिवेशनको अवसरमा झाँकीसहितका ¥याली पश्चात जिल्ला समन्वय समितिको सभाहलमा घोषणा सभा उहाँले जानकारी दिनुभयो ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

२०७३ सालदेखि म्याग्दीमा स्थापना भएको अर्गनाईजेशनले जिल्लाका सबैमा पालिकामा र २२ वडामा संगठन विस्तार गरेको जानकारी दिनुभयो । अधिवेशनले आगामी दुईबर्षको लागि नयाँ नेतृत्व चयन गर्ने भएको छ। अधिवेशनको उद्घाटन सत्रमा अर्गनाईजेशनका केन्द्रिय मुल सचिव थम्मन बहादुर बुढामगरको उपस्थित हुने छ ।

संयोजक डिके पुनमगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अर्गनाईजेशनका प्रदेशसभा सदस्य रणबहादुर फगामी, प्रचारप्रसार समितिका सचिव ओमराज मगरको उपस्थित भएको थियो । आर्थिक संयोजक दिपक पुनमगरले कार्यक्रम संचालन गर्नुभएको थियो । मंगोल अर्गनाईजेशने यसअघि सम्पन्न स्थानीय,प्रदेश र संघीय निर्वाचन समेत भाग लिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार