कांग्रेस, एमाले र माओवादीबिच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेन : अध्यक्ष लिङ्देन

  म्याग्दी न्युज संवाददाता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सही नेतृत्व र सही व्यवस्था नपाउँदा देश बन्न नसकेको बताउनुभएको छ। बिहीबार काठमाडौँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

अध्यक्ष लिङ्देनले सही नेतृत्व र सही व्यवस्था नहुँदा देश बन्न नसकेको जिकिर गर्नुभयो । उहाँले राजनीतिक दलका मानिसहरूलाई न्यायाधीशमा, अख्तियारमा नियुक्ति गर्दा न्याय मरेको जिकिर गर्नुभयो । उहाँले सरकारी निकायहरूमा कांग्रेस, एमाले, माओवादीले भाग लगाएर नियुक्ति गरिरहेको बताउनुभयो। सर्वोच्च अदालतमा कांग्रेस, एमाले, माओवादीबिच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन नसकेको दाबी गर्नुभयो।

अध्यक्ष लिङ्देनले अब सिंगो देश एउटा निर्वाचन क्षेत्र हुनुपर्ने र जनता स्वयंले प्रधानमन्त्री चुन्न पाउनुपर्ने बताउनुभयो। उहाँले सरकारलाई विदेशीले कहिले लडाउने हो भनेर डर पैदा भइरहेको बताउनुभयो। रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार