
म्याग्दी। महिलाहरुको क्षमता अभिवृद्धि गरी उनिहरुलाई व्यवसायीक बनाउँदै आर्थिक रुपमा आत्मनिर्भर बनाउन म्याग्दीमा सेलरोटी बनाउने तालिम संचालन गरिएको छ । नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल महिला सङ्घ म्याग्दीको आयोजनामा बेनीमा बुधबारदेखि उक्त तालिम सुरु भएको हो । पाँच दिन सम्म सञ्चालन हुने तालिमको नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य अमृतदेवी बानियाँले उद्घाटन गर्नुभयो ।
उहाँले महिलाहरुलाई उद्यमी व्यवसायीक बनाउन तालिमले सघाउ पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । महिलाहरु आर्थिक अभावकै कारण विभिन्न क्षेत्रमा पछाडी पर्ने गरेका बानियाँको भनाइ थियो । तालिममा तीस जना बढी महिलाहरु सभागी भएका महिला सङ्घ म्याग्दीकी सचिव पुष्पा पौडेल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार, ७ गते सम्म संचालन हुने तालिममा चामलको पीठोबाट सेलरोटी बनाउने बारे सिकाइनेछ ।
भिडिओ हेर्नुहोस् …
सेलरोटी व्यवसायबाट राम्रो आर्थिक आम्दानी गर्न सकिने भएकोले म्याग्दीका महिलाहरुलाई उनिहरुको क्षमता अभिवृद्धि गरी आत्मनिर्भर बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको महिला सङ्घ म्याग्दीकी अध्यक्ष निर्मला श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ,‘‘चाडपर्वमा मात्र नभई पछिल्लो समय सेलरोटीको माग बद्ढो छ । त्यसैले लगानी पनि कम लाग्ने र बिक्रीका लागि पनि सहज हुने भएकोले सेलरोटी बनाउने तालिम संचालन गरेका हौं ।’’
कार्यक्रममा सभागीहरु नेतृहरु मनकुमारी विश्वकर्मा , खिमा पुर्जा लगायतले घरायसी कामधन्दामा व्यस्त महिलाहरुलाई व्यवसायीक बनाउन तालिमले सघाउ पु¥याउने बताउनुभयो ।महिला सङ्घ म्याग्दीकी अध्यक्ष श्रेष्ठले तालिममा प्रशिक्षार्थीहरुलाई सेलरोटी बनाउने सीप सिकाउनुभएको छ । महिला संघ म्याग्दीकी सचिव पुष्पाले संचालन गर्नुभएको कार्यक्रममा बेनी नगर सचिव सुनिता केसी स्वागत मन्तव्य राख्नुभएको थियो ।