
म्याग्दी । म्याग्दी भलिबल संघ उत्कृष्ट संघ अवार्डबाट सम्मानित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आयोजित नवौं स्पोर्टस् अवार्ड २०८१ ले म्याग्दी भलिबल संघलाई उत्कृष्ट संघ घोषणा गरेको हो ।
योसँगै म्याग्दी भलिबल संघले सम्मानस्वरुप नगद रु ३५ हजार प्राप्त गरेको छ । यसै अवसरमा नेपाली राष्ट्रिय भलिवल टोलीकी कप्तान अरुणा शाही स्कुटरसहित वर्ष खेलाडी अवार्डबाट सम्मानित भएकी छन् ।
म्याग्दी जिल्लाबाट महिला र पुरुष दुवै राष्ट्रिय भलिबल टिममा दुई\दुई जनाले प्रतिनिधित्व गर्दै आएका छन्। यस कारण पनि म्याग्दीलाई भलिबलको उर्भर भुमिका रुपमा चिनिँदै आएको छ ।
म्याग्दी भलिबल संघ उत्कृष्ट संघ अवार्डबाट सम्मानित भएपछि संघका अध्यक्ष तेजेन्द्र बानियाले म्याग्देलीहरुसँग खुसी साटेका छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै भनेका छन् – ‘म्याग्दी भलिबल संघ उत्कृष्ट संघ अवार्डबाट नगद रु ३५ हजारसहित र म्याग्देली चेली अरुणा शाही स्कुटरसहित वर्ष खेलाडी अवार्डबाट सम्मानित हुँदा खुसी र गर्व व्यक्त गर्न चाहन्छौँ ।’