म्याग्दी । म्याग्दी जेसीजको अध्यक्षमा दिनेश विश्वकर्मा सर्वसम्मत चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न शाखाको २७ औँ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट विश्वकर्मा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो ।
समितिको निवर्तमान अध्यक्षमा विनोद घर्ति, वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा डेकमाया केसी, कानुनी सल्लाहकारमा सज्जन श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षमा देवेन्द्र बहादुर घिमिरे र नविन पौडेल चयन हुनुभएको निर्वाचन आयुक्त दिनेश बानियाँले जानकारी दिनुभयो ।शाखाको महासचिबमा गोकुल सुनार ,कोषाध्यक्षमा प्रतिश श्रेष्ठ, शाखा सम्पादकमा तेजिन्द्र बहादुर खत्री, सह सचिबमा कपिल बानिया ,सह कोषाध्यक्षमा अभिनेश श्रेष्ठ उपाध्यक्षहरुमा दिनेश खत्री, शुष्मा खत्री, अरुण रेग्मि र मन्जुर कटुवाल तथा प्रकरण निर्देशकमा सुनिता श्रेष्ठ चयन हुनुभएको छ ।
युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले म्याग्दीमा पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार, विद्यालय तहमा फुटवल खेलको विकास, धार्मिक र ऐतिहासिक स्थलहरुको चिनारी र सरसफाई संगै विभिन्न सामाजिक गतिविधिहरु गदै आएको छ । म्याग्दी जेसीज सन २०२५ का शाखा अध्यक्ष विनोद घर्तिको अध्यक्षतामा भएको शाखा अधिवेशनको म्याग्दी जेसीजका संस्थापक अध्यक्ष एवं बेनी नगरपालिका–७ ,का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।
अधिवेशनमा म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवं नेपाल जेसीजका निवर्तमान राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री, म्याग्दी जेसीज र नेपाल जेसीजका पूर्व राष्टिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ लगायतको विशिष्ट आतित्यथा रहेको थियो ।






















