
बेनी, १७ जेठ । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार परिवर्तित जिल्ला ४३ अन्तर्गत बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा धवलागिरि गाउँपालिका–७ का ५३ वर्षीय धनबहादुर सुनारलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार घटना जेठ १२ गते साँझ करिब ७ बजे भएको थियो । आरोपित सुनारलाई जिल्ला प्रहरी कार्यालय म्याग्दी तथा प्रहरी चौकी मुना ताकमबाट खटिएको प्रहरी टोलीले जेठ १६ गते नियन्त्रणमा लिएको सुचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।
पक्राउ परेका सुनारविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ, भने पीडितको गोपनीयता कायम राख्दै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।















































