सप्तरी । दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३८६१ न...
समाचार
-
-
भारतबाट अवैधरूपमा काठ काटेर ल्याउने छ जना पक्राउ
कञ्चनपुर । निषेधाज्ञाको उल्लङ्घन गरी भारतबाट सालको काठ काटेर ल्याउने कार्यमा संलग्न छ जनालाई सशस्त्र प्रहरीले गए राति भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रबाट पक्राउ गरेको छ । पैदल गस्तीमा रहेको सशस्त्र प्रहरीले सीमा इलाकामा गस्ती गर्ने क्रममा रु ६० हजार मूल्य बराबरको सालको काठसहित छ जनालाई पक्राउ गरेको हो । काठसहित...
-
नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री सिंहलाई कोरोना संक्रमण
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह कोभिड–१९ (कोरोनाभाइरस) बाट सङ्क्रमित भएका छन् । उनको होम आइसोलेसनमा प्रतिनिधिसभा सदस्य समेत रहेकी पत्नी दुर्गा पौडेललगायत परिवारका अन्य सदस्यहरूको प्रत्यक्ष रेखदेखमा उपचार भइरहेको बताइएको छ । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले उनको स्वास्थ्य...
-
९ हजार २७१ जना कोरोना संक्रमित थपिए ,१३९ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ । यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । पछ...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले पाएनन् विश्वासको मत
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन असफल हुनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ९३ मत र विपक्षमा १२४ मत खसेको हो । प्रतिनिधिसभामा हाल कामय रहको २७१ जना सांसद मध्ये प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ सांसद मात्र देखिएका हुन्।सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २३२ ...
-
म्याग्दीमा एकैदिन थपिए ६२ जना कोरोना संक्रमित,२ को मृत्यु
बेनी ।म्याग्दीमा सोमबार मात्रै ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बेनी नगरपालिका ,मंगला गाउँपालिका ,मालिका गाउँपालिका ,रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा ६२ जना कोरोना संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा बेनी नगरपालिकामा सबै भन्दा धेरै रहेका छन् । यसैगरी स्वास्थ्य...
-
संक्रमितको होम आइसोलेशनमै मृत्यु
काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट यहाँ आज मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको छ । होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन् । अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको...
-
भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। लु२ख ४५८८ नम्बरको टिपर ठक्करबाट स्कुटर चालक सूर्यविनायक नगरपालिका वडा नम्बर ८ जगाती बस्ने ४० वर्षीय राजाराम सुवालको मृत्यु भएको हो। आइतबार राति साढे १० बजे सूर्यविनायक नगरपालिका वडा नम्बर ६ अरनिको राजमार्गमा जगातीबाट सुर्यविनायकतर्फ आउँदै गरेको टिपरले...
-
उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस
काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ । काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हु...
-
जनप्रतिनिधिका सवारी बनाइए एम्बुलेन्स
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको नीजिसहित यहाँका दुई स्थानीय तहका जनप्रतिधि र कर्मचारीको सवारी सधानलाई कोरोनाका बिरामी बोक्ने उद्देश्यले एम्बुलेन्सका रुपमा प्रयोग गरिने भएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाको प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको...





















