काठमाडौँ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भएको सम्झौता प्रतिनिधिसभामा टेबल भएपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । दुई पक्षीय झडपका कारण अहिले बिजुली बजार क्षेत्र तनावग्रस्त बनेको छ ।आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले नियन्त्रणका लागि प्रदर्शनकारीमाथि रबरको गोली प्रहार गरेको छ । एमसीसीको विरोधमा ...
समाचार
-
-
एमसीसी टेबल भएपछि एमाले आन्तरिक छलफलमा
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि एमाले छलफलमा जुटेको हो । आज सरकारले विवादित एमसीसी संसद बैठकमा पेश गरेको छ । संसद बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका हुन् । अध्यक्ष ओलीसँगको छलफलमा ...
-
प्रतिनिधिसभामा समावेशी आयोगको प्रतिवेदन पेस
काठमाडौं । प्रतिनिधिसभा बैठकमा ‘राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन, आव २०७७/७८’ पेस गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सो प्रतिवेदन आजको बैठकमा पेस गर्नुभएको हो । यसैगरी बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘लोक सेवा आयो...
-
नुवाकोटमा बस दुर्घटना हुँदा ५६ जना घाइते
काठमाडौं । नुवाकोटमा बस दुर्घटना हुँदा ५६ जना घाइते भएका छन्। किस्पाङ गाउँपालिका–३ किटनी बगर नजिकै बस दुर्घटना हुँदा ५६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद शाहले जानकारी दिनुभयो। उहाँका अनुसार आइतबार बिहान कृष्णा गाउँपालिका–१ साल्मेबाटबाट जाँदै गरेको बागमती प्रदेश ३–०१–०६...
-
एमसिसीको विरोध गर्ने भए भीम रावलले पहिले ‘राष्ट्रघाती केपी ओली मुर्दावाद’ भन्नुपर्छ : थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सासंद गगन थापाले एमसिसीको विरोध गर्ने हो भने सुरूमा केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालविरूद्ध नाराबाजी गर्नुपर्ने बताउनुभएको हो। उहाँले एमसिसीलाई तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकारले संसदमा ल्याएको भन्दै तीनै नेताहरूविरूद्ध नाराबाजी गर्नु...
-
सरकार जेसुकै होस्, एमसिसी पास गर्नमा हाम्रो समर्थन छैन : नेपाल
काठमाडौं । सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसी पास गर्ने विषयमा आफूहरूको समर्थन नरहेको बताउनुभएको छ । संसद् बैठकपछि सञ्चारकर्मी बोल्दै अध्यक्ष नेपालले सरकारले जेसुकै भए पनि एमसिसी पास गर्ने विषयमा आफूहरूको समर्थन नरहने स्पष्ट पार्नुभएको हो 'एमसिसीमा हाम्रो समर्थन छैन, सरकारले जसरी...
-
संशयमा रहेका जनतालाई जवाफ दिन पनि एमसीसी संसदमा टेबुल भएको हो : कानुनमन्त्री
काठमाडौं । कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जनतालाई यथार्थ जानकारी गराउन संसदमा एमसीसी टेबुल गरेको बताउनुभएको छ । अहिले एमसीसीबारे सडकमा र बाहिर व्यापक विरोध भइरहेको तर संसदमा कुनै पनि छलफल र बहस नभएकाले आज संसदमा टेबुल गर्नुपरेको ...
-
एमसीसी अब पास हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पास हुने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै प्रधानमन्त्री देउवाले एमसीसी अब पारित हुने बताउनुभएको हो । प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा पत्रकारहरुसाग अब पास हुने...
-
एमसीसीकै कारण पार्टी फुट्छ भन्ने मलाई लाग्दैन : झाँक्री
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सचिव रामकुमार झाँक्रीले सदनमा एमसीसी पेस भएकै विषयले आफ्नो पार्टी नफुट्ने दाबी गर्नुभएको छ । संसदमा एमसीसी पेस भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले विरोध जनाए सँगै नेकपा एस विभाजन हुन्छ भन्ने जिज्ञासामा सचिव झाँक्रीले पार्टी विभाजन नहुने दाबी गर्नुभएको हो । एमसीसी पेस गर्ने वि...
-
प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा विवादित बनेको एमसीसी टेबल भएसँगै बैठक फागुन १२ गतेसम्म स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभएको हो । बैठकमा अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गर्नुभयो भने सो क्रममा सत्तापक्षकै ...