• एमसीसी अनुमोदनको विरोधमा महोत्तरीका विद्यार्थी आन्दोलित

    महोत्तरी । संसद्‌बाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएको विरोधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् । संसद्‌बाट अनुमोदित एमसीसी राष्ट्रघाती भएको भन्दै विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर विद्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् । वामघटक दलहरूले एमसीसीको विरोधमा आह्वान गरेको नेपाल बन्दको पनि आंशिक प्रभा...

  • एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु शुभ सङ्केत होइन : विवेकशील साझा

    काठमाडौँ । विवेकशील साझा पार्टीले एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु नेपालजस्तो मुलुकका लागि शुभ सङ्केत नभएको बताएको छ । साझा पार्टीका प्रवक्ता शरदराज पाठकले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सत्ता गठबन्धन र प्रतिपक्षी दलको अपरिपक्व र गैह्र जिम्मेवारीपूर्ण शैली एवम् संवेदनशील समयमा प्रदर्शित उत्ताउलो रव...

  • पत्रकार सम्मेलन गर्दै प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । उहाँले सोमबार दिउँसो ३ बजे खुमलटारमा पत्रकार सम्मेलन गरेर पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा विशेष सम्बोधन गर्ने हुनुभएको हो । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारेको व्याख्यात्मक घोष...

  • बन्दकर्ताले सिमेन्ट बोक्ने गाडी जलाए

    मकवानपुर । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा आह्वान गरिएको बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले हेटौंडामा बल्कर गाडी (सिमेन्ट बोक्ने गाडी) आगजनी गर्नुको साथै एक ट्रकमा पनि तोडफोड गरेका छन् । एमसीसी पारित गरेको विरोधमा विप्लव नेतृत्वको नेकपासहित ६ वटा कम्युनिष्ट संगठन र दुई मोर्चा...

  • बनेपामा राखिएको शङ्कास्पद वस्तु निष्क्रिय पारेसँगै यातायात चल्यो

    काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुल बजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ । आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुल बजारमा शङ्कास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो । शङ्कास्पद वस्तु कालिजङग गण धुलिखेलका नेपाली सेना...

  • एमसीसीले प्रचण्ड र माधवको अवसरवाद उदाङ्गो पारिदियो : ज्ञवाली

    धनगढी । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको अवसरवाद उदाङ्गो पारेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री ज्ञवालीले प्र...

  • फागुन १५ गते एक अन्धकार दिनमा दर्ज भयो : किराँती

    काठमाडौं । माओवादी कम्युनिस्ट पार्टीका संरक्षक गोपाल किराँतीले फागुन १५ गतेको दिनलाई एक अन्धकार दिनका रुपमा टिप्पणी गरेका छन् । सोमबार विज्ञप्तिमार्फत किराँतीले आइतबारको प्रतिनिधिसभाबाट पारित भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोध गर्दै यस्तो टिप्पणी गर्नुभएको हो । ‘फागुन १...

  • एमसीसीबारेको व्याख्यात्मक घोषणा अस्वीकार्य : केसी

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीबारेको व्याख्यात्मक घोषणा अस्वीकार्य रहेको बताउनुभएको छ । केही सञ्चारमाध्यममा आफूले सो घोषणालाई सकारात्मक बताएको’ भनि आएको समाचारप्रति उनले असन्तुष्टि समेत जनाएको छ । ‘एमसीसी सम्झौताको व्याख्यात्मक प्रस्तावलाई सकारात्मक भनेर कुनै पनि प्रकारको विचार मैल...

  • संसद भवनको गेट नजिक शंकास्पद वस्तु फेला

    काठमाडौं । नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा भवनको पश्चिम गेटनजिक शंकास्पद वस्तु (बम) फेला परेको छ। प्रहरीका अनुसार सोमबार ११ बजे प्रेसर कुकर भेटिएको हो। उक्त वस्तु बम भएको आशंकामा डिस्पोज गर्ने तयारी भइरहेको छ। ‘दक्षिण गेट अगाडि सडक नो एमसिसी लेखेको प्रेसर कुकरमा फेला परेको छ, शंकास्पद वस्तु भएकाले बमको आशंका गरिएको...

  • भिरबाट खसेर वडाध्यक्षको मृत्यु

    दमौली । तनहुँको देवघाट गाउँपालिका–३ का वडाध्यक्ष कीर्तिमान आलेको भिरबाट खसेर मृत्यु भएको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार वडा कार्यालय सकेर घर फर्किदै गरेका आलेको भिरबाट खसेको अवस्थामा आज शव फेला परेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब...